काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित गोलरक्षक अन्जन राना मगर विवाह बन्धनमा बाँधिएकी छन् । अन्जनाले भक्तपुर निवासी आफ्नो प्रेमी अविरल लामासँगको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् ।
विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टोलीमा आफूलाई महत्वपूर्ण सदस्यका रुपमा उभ्याईसकेकी अन्जनाले टोलीमा आफ्नो खुबी पनि देखाईसकेकी छिन् । अन्जनाले व्यवसायीक फुटबल भने विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेल्दै आएकी छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google