आईसीसी टी २० विश्वकप क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुरुवाति ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । तर, जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ब्याटिङ थालेसँगै वर्षाका कारण खेल प्रभावित बनेको थियो । वर्षाका कारण प्रभावित बनेको खेलमा दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । जसमा १६.१ ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनाएर दक्षिण अफ्रिकाले लक्ष्य पूरा गरेको हो ।
यो जितसँगै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ भने वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिएको छ । ग्रुप २ बाट दक्षिण अफ्रिका समूह बिजेता बन्दै सेमीफाइनलमा प्रवेश गर्दा उक्त समूहबाट इङ्ल्यान्ड पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google