नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द

दर्पण दैनिक ३० जेष्ठ २०८१,०६:५६
post

काठमाडौं । टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । बिहानैदेखि वर्षा भएपछि लडरहिलस्थित ब्रोवार्ड क्रिकेट रंगशालामा खेल बिनाटस नै रद्द भएको हो  ।

नेपाली समयअनुसार बिहान सवा ५ बजे खेल सुरु हुने तालिका थियो । तर वर्षा नरोकिएपछि खेल रद्द भएको आधिकारिक घोषणा गरिएको हो । 

खेल रद्द भएसँगै दुवै टोलीलाई १–१ अंक बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । यस नतिजापछि श्रीलंका समूह चरणबाटै बाहिरिने निश्चित भएको छ । श्रीलंका पहिलो दुई खेलमा क्रमश: दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो ।

नेपाली टोलीले अब क्यारेबियनको सेन्ट भिन्सेन्टमा जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्ने छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: