
काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (शनिबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । जिम्बावेको ताकासिंगा क्रिकेट स्पोर्ट्स् क्लबमा हुने खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
सुपर सिक्समा पुग्ने यात्रा कायम राख्न नेपालले नेदरल्यान्ड्सलाई हराउनैपर्छ। आजको खेलमा हारे नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपाल र नेदरल्यान्ड्समध्ये १ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।
नेदरल्यान्ड्सलाई हराएको अवस्थामा नेपाल सुपर सिक्समा पुग्ने बलियो सम्भावना रहन्छ । यस्तोमा नेदरल्यान्ड्सको खेल पनि कुर्नुपर्ने हुन्छ। समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग खेल्दै छ । जसमा नेदरल्यान्ड्स हानुपर्ने हुन्छ ।
नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले हारेको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार भोग्यो ।
यस्तै नेदरल्यान्ड्स पनि पहलो खेलमा जिम्बावेसँग ६ विकेटले हारेको थियो । अमेरिकालाई भने ५ विकेटले हराएको थियो । आजको खेलमा नेपाललाई हराए नेदरल्यान्ड्स शीर्ष ३ मा रहेर सुपर सिक्समा पुग्नेछ भने नेपालको यात्रा टुंगिनेछ ।
याे पनि आइसीसी विश्वकप छनोट : सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google