काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति संक्षिप्त प्रतिक्रिया दिएका छन् । उनले सुरुवात राम्रो नभए पनि आगामी खेलमा केन्द्रित हुने बताएका हुन् ।
पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगोसँग १–१ गोलको बराबरीमा रोकिएपछि पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले टोलीको बचाउ गरेका हुन् । खेललगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, “यो हामीले चाहेको जस्तो सुरुवात होइन, तर अझै धेरै खेलहरू बाँकी छन् । अब शिर ठाडो पारेर अर्को खेलमा केन्द्रित हुनुपर्छ ।”
छैटौँ मिनेटमै जोआओ नेभेसको गोलबाट अग्रता लिए पनि योआन विसाले कर्नरमार्फत बराबरी गोल फर्काएपछि पोर्चुगल दबाबमा आएको थियो । पोर्चुगिज मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पहिलो गोलपछि खेलको रूप फेरिएको स्वीकार गरे ।
उनले भने, 'पहिलो गोलपछि हाम्रो निर्णय प्रक्रिया र भित्री तालमेलमा कमजोरी देखियो । कंगोले बराबरी गरेपछि खेल पूर्ण रूपमा बदलियो । अब हामीले गल्तीहरू सुधार्नुपर्छ ।'
























































































































.jpg)


















































































































































.jpeg)


प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google