
काठमाडौं । जारी महिला एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समूह ‘ए’ बाट समूह विजेता हुँदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ । त्यस्तै समूह ‘ए’ बाट नेपाल र युएई समूह चरणबाट बाहिरिएका छन् ।
त्यस्तै समूह ‘बी’ बाट श्रीलंका शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै समूह ‘बी’ बाट थाइल्याण्ड र मलेसिया समूह चरणबाट बाहिरिएका छन् ।
अब सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तान खेल्ने भएका छन् । सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुनेछन् । त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google