भलिबलकी कविता भट्टले जितिन् पिपल्स च्वाइस अवार्ड

दर्पण दैनिक २८ भाद्र २०८१,२१:४२
post

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा राष्ट्रिय भलिबल टिमकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डमा कविताले ५६ प्रतिशत मतसहित पिपल्स च्वाइस अवार्ड जितेकी हुन् ।

यस विधाको मनोनयनमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुल्सन झा परेका थिए ।

जसमा मानमतिले १९, प्रीतिले १६, श्रीरामले ४.४, गुल्सनले ४.४ प्रतिशत मत पाए । नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: