
काठमाडौं । आईसीसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकासँगको हारपछि टोलीका कप्तान रोहित पौडेलले टोलीको प्रर्दशनबाट आफू सन्तुष्ट रहेको बताएका छन्। खेलपछि उनले भने, नेपाली टोलीको खेलबाट गर्व लागिरहेको छ। बलिङ र ब्याटिङमा नेपालले राम्रो गर्यो। अगामी दिनमा यसको अनुभवले सहयोग पुग्नेछ। नेपाली समर्थकको उपस्थितीको प्रशंसा गर्दै कप्तान पौडेलले जहाँभएपनि घरेलु मैदानको नै आभास हुन्छ । टाढाबाट आएर वर्षापनि नभनी नेपाली टोलीको हौसला बढाउनुहुन्छ त्यसका लागि नेपालका समर्थकलाई धेरै धन्यवाद ।
शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनको झिनो अन्तरले पराजित गर्दै सुपर ८ मा पुग्ने सम्भावना सकिएको थियो। टी२० आई मा नेपाल र दक्षिण अफ्रिका पहिलो पटक भेट भएका हुन् । नेपालले अब समुह चरणको अन्तिम खेलमा सोमबार बगंलादेशसँग खेल्नेछ । नेपाल रहेको समुह डी बाट नेपाल र श्रीलंका बाहिरिएका छन्। चार खेलमा अपराजित रहेको दक्षिण अफ्रिका ८ अंक बनाउँदै शीर्ष स्थानमा रहेर सुपर ८ खेल्नेछ । अब ४ अंका दोस्रो स्थानमा रहेको बंगलादेशको सुपर ८ मा पुग्ने सम्भावना बलियो छ ।
नेपालको हारले सुपर ८ मा पुग्न नेदरल्यान्ड्सको पनि अंक गणितिय सम्भावना कायम छ । समुह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेश तथा नेदरल्यान्डस् र श्रीलंका खेल्ने तालिका छ। नेपालले बंगलादेशलाई पराजित गरे र नेदरल्यान्ड्सले श्रीलंकालाई हराएर नेट रनरेटमा अघि रहे डच टोली सुपर ८ मा पुग्नेछ। नेपालको हारले डच टोलीलाई फाइदा पुगेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google