काठमाडौं । हेल्प नेपालले आरबीबी आठौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै च्याम्पियन बनेको छ । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा हेल्प नेपाल ३-२ ले विजयी हुँदै उपाधि जितेको हो । हेल्प नेपालले रोमान्चक खेलमा २०-२५, २७-२५, २३-२५, २९-२७, २२-२० ले जितेको हो ।
निर्णायक पाँचौ सेटमा आर्मीले ५ बराबरबाट लगातार दुई अंक जोडेको थियो । आर्मीले ८-६ मा कोर्ट परिवर्तन गरेको थियो । हेल्प नेपालले ९ मा पुगेर बराबरी गरेको थियो । उच्च प्रतिस्पर्धा भएको खेल २०-२० बराबरीमा पुगेको थियो । हेल्प नेपालले २२-२० ले जित्न सफल हुँदै च्याम्पियन बनेको थियो ।
प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महिलातर्फ एपीएफ र पुरुषतर्फ पुलिस तेस्रो बने । महिलातर्फ फाइनलमा एभरेष्ट भलिबल क्लब बुटवलले जितेको जित्यो । एभरेष्टले फाइनलमा पुलिसलाई हराएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google