भारतसँग पराजित भएपछि सन्दीपले दिए यस्ताे प्रतिक्रिया

दर्पण दैनिक १६ आश्विन २०८०,१३:४०
post

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सुरुआतमा १०,१५ रन कम बनाउन दिएको भए भारतविरुद्धको खेल अर्कै मोडमा हुन सक्ने बताएका छन् । हाङझाओ एसियाड अन्तर्गत टी २० क्रिकेटको पहिलो क्वार्टरफाइनलमा भारतसँग पराजित भएपछि टोलीका स्पिनर सन्दीप लामिछानेले खेलमा पराजित भएपनि धेरै कुरा सिकेको बताएका हुन् ।

खेलपछि पत्रकारसँग कुरा गर्दै सन्दीपले भने, ‘आजको खेल हारेपनि धेरै कुरा सिकेका छौँ, भारतीय टोलीका धेरै खेलाडीले आईपीएल र धेरै फ्रेन्चाइज लिग खेलिसकेका छन्। हामीभन्दा टप लेभलको क्रिकेट खेलेका छन् तर हामीले पनि राम्रो खेलेको हो। आजको खेलमा नकारात्मक केही छैन । सुरुआतमा २० रन धेरै दिएका थियौ। सानो मैदान भएका कारण धेरै कुरा कन्ट्रोलमा थिएन ।’ हारपछि पनि धेरै कुरा सकारात्मक रहेको सन्दीपले सुनाए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: