कप्तान रोहित पौडेलले टी– २० ब्याटरको वरीयतामा सुधार

दर्पण दैनिक ३० जेष्ठ २०८१,१६:४७
post

काठमाडाैं । टी– २० विश्वकप प्रतियोगिता चलिरहेका बेला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको नयाँ वरीयता जारी गरेको छ । बुधबार सार्वजनिक वरीयतामा नेपाली खेलाडीको प्रदर्शन मिश्रित छ । 

टी– २० ब्याटर वरीयतामा नेपालका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरी एक स्थान खस्किएर ५२ स्थानमा पुगेका छन् । तर उनले अलराउन्डरतर्फ भने थप सुधार गरेका छन् । उनी टप टेनभित्र वरीयतामा रहेका एक मात्र नेपाली खेलाडी हुन् । उनी टी– २० अलराउन्डर वरीयतामा एक स्थान सुधार गरेर नवौँ स्थानमा आइपुगेका छन् । 

यस्तै, कप्तान रोहित पौडेलले टी– २० ब्याटरको वरीयतामा सुधार गरेका छन् । उनी दुई स्थान सुधार गरेर ५५औँ स्थानमा छन् भने ओपनर आसिफ शेखले पनि एक स्थानको सुधार गरी ९०औँ स्थानमा आएका छन् । 

यस्तै, अलराउन्डरतर्फ कुशल मल्ल यथावत् ३५औँ स्थानमा छन् भने गुल्सन झा एक स्थान खस्केर ६२औँ स्थानमा आइपुगेका छन् । कप्तान रोहित एक स्थान सुधार गरेर ६६औँ र करण केसी पनि एक स्थान सुधार गरी ६९औँ स्थानमा आएका छन् ।  टी– २० बलिङतर्फ नेपालका एक मात्र खेलाडी १०० भित्र अटाएका छन् । सोमपाल कामी ४ स्थान खस्किएर ९९औँ स्थानमा पुगेका छन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: