
फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरियाले जोर्डनलाई पराजित गरेको छ ।मंगलबार बिहान भएको खेलमा अल्जेरियाले जोर्डनलाई २-१ गोलले पराजित गरेको हो । सान फ्रान्सिस्कोमा जोर्डनविरूद्ध जित निकाल्दै अल्जेरियाले नकआउट प्रवेश गर्ने सम्भावना जिवितै राखेको हो ।
खेलको ३६ मिनेटमा निजार अल रसदानले गोल गरेपछि पहिलो हाफमा जोर्डन १-० गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ६९ मिनेटमा नधिर बेनबुआलीले अल्जेरियाका लागि बराबरी गोल फर्काए। ८२ मिनेटमा एमिन जिओरीले गरेको गोल निर्णायक बन्दा अल्जेरिया २-१ गोलले विजयी भएको हो ।
जितसँगै अल्जेरियाले समूह जीको दोस्रो स्थानमा रहेको अस्ट्रियासँग समान ३ अंक बनाएको छ । दुवै खेल जितेको अर्जेन्टिना ६ अंक जोड्दै नक आउट चरणमा प्रवेश गरिसकेको छ । अब अन्तिम खेलबाट अस्ट्रिया र अल्जेरियामध्ये एउटा टोली नकआउट प्रवेश गर्नेछ ।
























































































































.jpg)


















































































































































.jpeg)


प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google