नेपाल प्रिमियर लिग : जनकपुर बोल्ट्सकाे लगातार तेस्रो जित

दर्पण दैनिक २० मंसिर २०८१,१२:३२
post

काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ । बिहीबार पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको पोखराले सात विकेटको क्षतिमा १३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको जनकपुरले १७.१ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । लिगमा जनकपुरले लगातार तेस्रो जित निकाल्दा पोखराले दुबै खेलमा हार व्यहोरेको छ । पोखराले दिएको १३९ रनको सामान्य लक्ष्य जनकपुरले ३ विकेटको क्षतिमा १७.१ ओभरमै पूरा गर्यो ।

पोखराका लागि अलराउन्डर जिमी निशमले नटआउट ४० रन जोडे । उनले २० बलमा ५ छक्का प्रहार गरे। क्यानेडियन अलराउन्डर हर्ष थाकरले नटआउट १३ रन बनाए । ओपनर तथा कप्तान अनिलकुमार साह एक रनमा आउट भए पनि अर्का ओपनिङ ब्याटर आसिफ शेखले ३४ बलमा ३३ रन जोडे । उत्कृष्ट लयमा रहेका लाहिरू मिलान्थाले माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच हुनुअघि ३२ बलमा आठ चौका प्रहार गर्दै ४५ रनको योगदान गरे ।

टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ७ विकेटको क्षतिमा १३८ रन जोड्यो । पोखराका ब्याटर दोस्रो खेलमा पनि चल्न सकेनन् । ओपनिङमा आएका दिनेश खरेलले १० रन जोड्न सके। न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेल्ने उनी पाँचौ ओभरको अन्तिम बलमा जिमी निमशको बलमा क्याच भए।

अर्का ओपनर आन्द्रेस गौसले २० रन जोडे । अमेरिकी ब्याटर आन्द्रेसलाई १६ बलमा तीन चौका र एक छक्का प्रहार गरेको अवस्थामा ललित राजवंशीले आउट गरे । कप्तान कुशल भुर्तेल दोस्रो खेलमा पनि चल्न सकेनन्। उनी ६ रनमा स्टमपिन भए । दिलीप नाथले मोहमद मोसिनको एलबिडब्लूको धरापमा पर्नुअघि ११ रन जोडे ।

मार्कस क्रिचलीले ३५ रन जोडेपछि पोखराको स्कोर बढेको थियो । उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे। १९औं ओभरमा जिमी निशमको बलमा अनिलकुमार साहबाट क्याच हुनुअघि रेमन्ड राइफरले २० बलमा १७ रन जोडे । अन्तिम ओभरमा आउट भएका स्कटिस अलराउन्डर माइकल लिस्कले १३ बलमा २५ रन जोडे। अन्तिम ओभरको सुरुवाती तीन बल डट खेलेपछि उनलाई किशोर महतोले आसिफ शेखबाट क्याच गराए । बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए । उनले चार ओभरमा ३१ रन खर्चिए । जिमी निशमले दुई विकेट लिने क्रममा २९ रन दिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: