काभा महिला भलिबल : अपराजित रहँदै नेपाल पुलिसले जित्याे उपाधि

दर्पण दैनिक ६ आश्विन २०८१,०९:०८
post

काठमाडौं । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । माल्दिभ्सको मालेमा शनिबार राति भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

उक्त प्रतियोगितामा पुलिस क्लब अपराजित रह्यो । पुलिस क्लबले पहिलो सेट २५–१६ अंकले जितेको थियो । दोस्रो सेट पनि उसले २५–२२ अंकले जितेको थियो । तेस्रो सेटमा २५–२३ अंकको जित निकाल्दै पुलिस क्लबले उपाधि हात पारेको हो ।

यसअघि पुलिस क्लबले लिग चरणको पहिलो खेलमा उज्वेकिस्तानको हुमो भिसीलाई नै ३–० सोझो सेटमा पराजित गरेको थियो । यस्तै अन्य खेलमा पुलिस क्लबले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्बललाई ३–० सेटले नै पराजित गरेको थियो ।

यस्तै पुलिस क्लबले माल्दिभ्सको वाम्कोलाई ३–२ सेटले तथा लिग चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ सेटले पराजित गरेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: