काठमाडाै. । फ्रान्सका कप्तान तथा स्टार फुटबलर केलियन एमबाप्पेले ग्लोब सकर अवार्ड जितेका छन् । युरोपको प्रतिष्ठित अवार्डको रुपमा रहेको ग्लोब सकर अबार्डमा उनले भिनिसियस जुनियर र जुड बेलिङ्घमलाई पछि पारेका हुन् । मनोनयनमा रहेका ती दुबै खेलाडी रियल मड्रीडबाट फुटबल खेल्छ्न ।
यो सिजनबाट पिएसजी छाडने फैसला गरेका एम्बाप्पे आफ्नो ड्रीम क्लब रियलनै जाने करिव पक्का रहेको जनाइएको छ । गएराति इटालीको सार्डिनियामा भएको समारोहमा अर्टेटाले प्रिमियर लिग कोच अफ द सिजन जितेका छन् । त्यसैगरी, जिरोनाका मिशेलले ला लिगा कोचिङ पुरस्कार प्राप्त गरे । बार्सिलोना र म्यानचेस्टर सिटीले क्रमशः महिला र पुरुष टिम अफ द इयर अवार्ड जितेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google