साफ यू-१९ च्याम्पियनसिप आजदेखि, पाकिस्तानसँग भिड्दै नेपाल, यस्ताे छ नेपाली टिम

दर्पण दैनिक ४ आश्विन २०८०,०७:५१
post

काठमाडौं । घरेलु मैदानमा आज (बिहीबार) सुरु हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ । समूह चरणको पहिलो खेल जित्दै नेपाली युवा टोली अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । 

साफमा नेपाल मालदिभ्स र पाकिस्तान रहेको समूह एमा छ । समूह चरणको अन्तिम खेलमा नेपाल मालदिभ्ससँग सोमबार दिउँसो साढे १ बजे भिड्नेछ । 

आजै हुने पहिलो खेलमा बंगलादेश र भारत भिड्नेछन्। सो खेल दिउँसो साढे १ बजे हुनेछ । समूह बीमा भारत, भुटान र बंगलादेश छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

जियारत शेखको कप्तानीमा यू–१९ राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको थियाे । गोलकिपरमा कप्तान जिरायत सहित रुबिन बोगटी, अमृत टमाटा छन् । डिफेन्समा सिमान्त थापा, बिशाल नेपाली, बिक्रम तामाङ, आयुश तिम्सिना, आश्विन घोडासैनी, दिपक थापा, निन्साङ लिम्बु र गौरव महर्जन छन् । 

मिडफिल्डरमा कुशल देउवा, लक्ष्यु थापा, प्रशान्त लक्सम, अविनाश स्याङताङ, अनिल बोमजन, धनसिंह बिक, हरिशराज भट्ट, निल्सन तामाङ छन् ।  फरवार्डमा समिर तामाङ, निराजन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी छन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: