विश्वकप छनोट : यमनसँग नेपाल २-० गोलले पारजित

दर्पण दैनिक ६ मंसिर २०८०,०६:५५
post

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । मंगलबार राति दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २-० गोलको पराजय भोगेको हो ।

यमनले नेपालविरूद्ध दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ७३ औं मिनेटमा यमनले पहिलो गोल गर्दै अग्रता लिएको थियो। यमनका कप्तान ओमार अब्दुल्लाह अल दाहीले डिबक्सबाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भयो ।

यस्तै, ९०औँ मिनेटमा अब्दुल्लाह अल दाहीले गोल गर्दै यमनको जित सुनिश्चित गरे। यो जितसँगै यमनले छनोट चरणमा महत्त्वपूर्ण तीन अंक जोडेको छ भने नेपाल लगातार दोस्रो खेलमा पनि अंक जोड्न असफल भएको छ। 

‘होम एन्ड अवे’ आधारमा चलिरहेको छनोट खेलमा नेपालले गृहमैदानमा आफ्नो दोस्रो खेल गुमाएको हो । समूह ‘ए’मा रहेको नेपाल गत साता पहिलो खेलमा युएईसँग ४–० ले पराजित भएको थियो । 
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: