एनपीएल : सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौंको दोस्रो हार

दर्पण दैनिक २० मंसिर २०८१,१७:१०
post

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा विराटनगर किङ्समाथि विशाल जित हात पारेको सुदूरपश्चिमले बिहीबार काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो ।

यो काठमाडौंको दोस्रो हार हो भने सुदूरपश्चिमको दोस्रो जित हो । टस हारेको सुदूरपश्चिमले पहिला बयाटिङ गर्दै ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो । १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । 

सुदूरपश्चिमलाई ७३ रनको  विशाल जित दिलाउने क्रममा नरेन साउदले पाँच विकेट लिए । ब्रान्डन क्याक्मुलेन, सैफ जैयब, स्कट कुग्गेलेजिन र अभिनाष बोहोराले एक/एक विकेट लिए । यसअघि सुदूरपश्चिमका लागि ब्रान्डन म्याक्मुलेनले सर्वाधिक ५३, कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ र विनोद भण्डारीले ३५ रन बनाएका थिए । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: