एशियन गेम्समा कुन देशले कति पदक जिते ?

दर्पण दैनिक ९ आश्विन २०८०,०८:४०
post

काठमाडौं ।  आयोजक राष्ट्र चीनले एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६९ वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । 

पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९ सहित कुल ३९ स्वर्ण पदक जितेको छ भने २१ रजत र ९ कश्यसहित ६९ वटा पदक जितिसकेको छ । 

पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले १० स्वर्ण, १० रजत र १३ वटा कास्य पदक जितेको छ । त्यस्तै जापानले ५ स्वर्ण, १४ रजत र १२ वटा कास्य पदकमा आफ्नो कब्जा जमाएर तेस्रो स्थान सुरक्षित गरेको छ । 

त्यसैगरी उज्वेकिस्तानले ४ स्वर्ण, चार रजत र ६ कास्य जितेको छ हङकङ ३ स्वर्ण, ४ रजत र ७ कास्यसहित पदक तालिकामा पाँचौ स्थानमा रहेको छ । सुटिङ र क्रिकेटमा २ स्वर्ण पदक हासिल गरेको भारतले ३ रजत र ६ वटा कास्य पदक प्राप्त गरेर छैटौँ स्थानमा आफूलाई समेटेको छ । 

त्यसैगरी चाइनिज ताइपेइले २ तथा इन्डोनेसिया, थाइल्याण्ड, मकाओ र ताजकिस्तानले एक एक स्वर्ण पदक जितेका छन् । 

नेपालको भने एशियन गेम्समा खराब शुरुवात भएको छ ।  अहिलेसम्म नेपालले कुनै पदक जित्न सकेको छैन ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: