आइसीसी महिला टी-२० विश्वकप छनोट : नेपालसँग भुटान तीन विकेटले पराजित

दर्पण दैनिक १७ भाद्र २०८०,१३:०३
post

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको छ । आइतबार भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो ।  टोलीकी कप्तान रुविना क्षत्री बेलवासे १२ रनमा नटआउट रहिन्। कविता जोशी ९, सीता राना मगरले ८ तथा  पुजा महतोले ३ रन थपे ।

नेपालका ८ ब्याटरले दोहोरो अंक छुन नसक्दा पाँच ब्याटर शून्य रनमा पवेलियन फर्के । 
भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन्। अन्जु गुरुङले १ विकेट आफ्नो नाममा गरिन् । 

त्यसअघि मलेसियाको बांगीमा नेपाल टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रनको योगफल तयार पारेको थियो । कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

नेपालकी पुजा महतोले ३ विकेट लिइन् । रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान एक् विकेट आफ्नो नाममा गरे । भुटानलाई पराजित गर्दै नेपाल समूह 'ए' को शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो।  नेपालले अब मंगलबार कतारसँग र बुधबार यूएईसँग खेल्ने तालिका छ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: