अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता चैत पहिलो साता

दर्पण दैनिक १ चैत्र २०७९,०९:४८
post

काठमाडौं । नेपाल खेलकुद महासंघ, राष्ट्रिय जुडो संघ र नेपाल जुडो संघको संयुक्त आयोजनामा आउँदो चैत ३ गतेदेखि नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ । त्यसक्रममा राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षा र नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता पनि हुनेछ ।

काठमाडौंको नयाँबजारस्थित एमएमएसी हलमा प्रतियोगिता हुनेछ । चैत १ र २ गते रेफ्री सेमिनार तथा ३ र ४ गते प्रतियोगिता हुनेछ ।

प्रतियोगिताकै दौरानमा रेफ्रीहरूको परीक्षा हुने नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले बताए । रेफ्री परीक्षामा उत्तीर्ण हुनेहरूलाई राष्ट्रिय रेफ्री लाइसेन्स प्रदान गरिने उनले जानकारी दिए ।

चैत १ गते ३५ वर्षभन्दा माथिका भेट्रान्स खेलाडीहरूका लागि नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता गरिनेछ । चैत ३ र ४ गते भुटान र जापानसहित नेपालका विभिन्न जिल्लाहरू बाँके, दाङ, कास्की, मकवानपुर, सोलुखुम्बु, काभ्रे, ललितपुर, भक्तपुर, पर्सा तथा काठमाडौंसहित उपत्यकाभित्र रहेका विभिन्न क्लब, डोजो, विद्यालय, कलेज, संघसंस्था समेत १९ टिमले नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा सबक्याडेट (१५ वर्षभन्दा मुनि), क्याडेट (१५ देखि १८ वर्षमुनिसम्मका) र जुनियर (१५ देखि २१ वर्षमुनिसम्मका) गरी तीन तहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ । खेलाडीको उमेर अंग्रेजी क्यालेन्डरअनुसार मापन गरिएको श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई जुनियरतर्फ क्रमशः राष्ट्रिय टिम ‘ए’, टिम ‘बी’ र टिम ‘सी’ बनाइने बताइएको छ । प्रतियोगितामा महिला १०४ र पुरुष १४९ गरी २५३ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: