धुर्मुस सुन्तली निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन्छ : मन्त्री लिम्बू

दर्पण दैनिक १० असार २०८०,१७:००
post

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बूले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका हुन् । 

उनले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको बताए। उनले सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट ब्यवस्थापन गर्ने पनि बताए ।

‘धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण प्रक्रिया अगाडी बढाएको यो रंगशालाको निर्माण कार्य अधुरो छ । अत्यन्त जटिल समस्याग्रस्त छ । यो विषयमा सरकारले सम्बोधन गर्ने र यसको स्वामित्व ग्रहण गरेर बाँकी काम सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढिरहेको छ,’ उनले भने, ‘यसको निमित्त शिर्षक हामीले एक लाख मात्रै विनियोजन गरेका छौँ। सरकारले यो स्वामित्व ग्रहण गर्ने त्यसपछि थप बजेट व्यवस्थापन गरेर यो रंगशालालाई सम्पन्न गर्नेगरी प्रक्रिया अगाडी बढीरहेको कुरा म अनुरोध गर्न चाहन्छु ।’

उनले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताए । त्यस्तै, खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० वटा खेलकुद संघहरुलाई २ लाख ५० हजारको दरले अनुदान दिनेगरी बजेट व्यवस्थापन गरिएको बताए । मन्त्री लिम्बूले खेलकुद बीमाको निति तयार गर्न प्रक्रिया अगाडी बढेको पनि उल्लेख गरे । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: