काभा महिला भलिबलमा दोस्रो भएका खेलाडीलाई जनही ३ लाख दिने मन्त्रिपरिषदको निर्णय

दर्पण दैनिक ३२ श्रावण २०८१,१६:३४
post

काठमाडाैं । सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा दोस्रो भएका खेलाडीहरूलाई जनही तीन लाख दिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भलिबल खेलाडीहरूलाई उक्त रकम दिने निर्णय गरेको हो ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा दोस्रो भएका खेलाडीहरूलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सिफारिस गरेको थियो ।

साउन १७ गते देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो ।

यस्तै सेमिफानलमा इरानलाई पराजित गरी फानल पुगेको नेपाली टिम भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो। प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: