काठमाडाैं । एसीसी यू १९ प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार टिम घोषणा गरेको हो ।
टिमको कप्तानीको जिम्मेवारी देव खनालले पाएका छन् । क्यानले उनको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । टिममा यसअघि यू १९ खेलेका लेखाडीहरू छन् ।
प्रतियोगिता यही १२ अक्टूबरमा मलेसियामा सुरु हुँदैछ । नेपाल प्रतियोगिताको समूह ए मा छ । जसमा नेपाल, बहराइन,साउदी अरब र इरान छन् । नेपालले पहिलो खेल १२ अक्टूबरमा इरानसँग खेल्ने छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google