नेपाली क्रिकेट टिम बुधबार स्वदेश फर्किने

दर्पण दैनिक १९ भाद्र २०८०,१५:५२
post

काठमाडौं । एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार नेपाल फर्किने भएको छ । नेपाली टिम बुधबार दिउँसो १२ः३५ मा श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटको हार व्यहोर्‍यो । नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: