साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

दर्पण दैनिक ९ असार २०८०,०७:०५
post

काठमाडौं । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल आज (शनिबार) साविक विजेता भारतसँग भिड्दै छ । खेल भारतको  बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा राति पौने ८ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुँदा भारत भने लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले हारेको थियो । नेपालका लागि अञ्जन विष्टले सान्त्वना गोल गरेका थिए ।

भारतले भने पाकिस्तानलाई ४–० को फराकिलो अन्तरले हराउँदै सानदार सुरुवात गरेको थियो । साफमा सर्वाधिक ८ पटकको विजेता भारत घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । 

साफको पछिल्लो संस्करण मालदिभ्समा नेपाल र भारतले फाइनल खेलेका थिए। साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो। तर नेपाल ३–० ले हार्‍यो । 

नेपाली टोली छोटो तयारीमा साफ खेल्न भारत पुगेको हो । उता भारत भने पछिल्लो समय उच्च मनोबलमा छ । साफअघि इन्टरमन्टिनेन्टल उपाधि जितेको भारत साफको उपाधि पनि घरेलु भूमिमा नै राख्ने राणनितिमा छ ।

साफमा यो पटक दक्षिण एसियाका ६ टोलीसँगै लेबनान र कुवेतले पनि प्रतिस्पर्धा गरिरहेका छन् । साफको स्तरवृद्धिका लागि दुई टोलीलाई आमन्त्रण गरिएको हो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: