बाबर आजमले पाकिस्तानी क्रिकेट टोलीको कप्तानी त्यागे

दर्पण दैनिक ३० कार्तिक २०८०,०९:५७
post

काठमाडाैं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तानी छाडेका छन् । उनले ३ वटै फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेल हारेर टीम प्रतियोगिताबाट बाहिरिएपछि बाबरले कप्तानी छाड्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका छन् । 


बाबरले सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी सुरु गरेका थिए । त्यसयता उनले टोलीलाई सीमित ओभरको क्रिकेटमा आईसीसी वरीयताको शीर्ष स्थानमा समेत पुर्‍याएका थिए । तर विश्वकपमा टोली समूह चरणबाटै बाहिरिएपछि उनको आलोचना भएको थियो । बाबरले टोलीको कप्तानी छाडे पनि खेलाडीको भूमिकामा भने निरन्तर रहनेछन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: