कपिलवस्तु । कपिलवस्तुका फुटबल खेलाडी निशान न्यौपानेको दुर्घटनामा मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा–६ का न्यौपानेको सोमबार राति स्कुटर दुर्घटनामा मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ३२ प ३०१ नम्बरको स्कुटरमा बनगाईबाट बनकसियातर्फ जाँदै गरेका न्यौपाने दुर्घटनामा परेका थिए । स्कुटर अनियन्त्रित भई सडक किनारमा रहेको बिजुली पोलमा बज्रेको थियो । न्यौपाने गम्भीर घाइते भएका थिए ।
न्यौपानेको उपचारको क्रममा मंगलबार बिहान साढे ५ बजेतिर लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनी कपिलवस्तुमा सञ्चालिन राष्ट्रिय मेला अवलोकन गरेर घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । लामो समय एन्फा एकेडेमीबाट उनी कप्तान थिए । उनले नेपालमा हुने ‘ए’ डिभिजन लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google