एनपीएलका ८ टोलीका लागि ‘लक्की ड्र’मार्फत छानिए मार्की खेलाडी

दर्पण दैनिक २९ भाद्र २०८१,१८:३५
post

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का ८ टोलीका लागि ‘लक्की ड्र’मार्फत मार्की खेलाडीको छनोट भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार आयोजना गरेको छनोट कार्यक्रममा 'लक्की ड्र'मार्फत प्रत्येक ८ टिमका लागि एक/एक जना मार्की खेलाडी चुनिएका हुन् ।

त्यस अनुसार टिम काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल, चितवनमा कुशल मल्ल, बिराटनगरमा सन्दीप लामिछाने र लुम्बिनीमा रोहित पौडेल आवद्ध भएका छन् ।

त्यस्तै जनकपुरमा आशिफ सेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी जोडिएका छन् ।


क्यानले शुक्रबार एनपीएलका ८ मार्की खेलाडी सार्वजनिक गरेको थियो। 

अन्य खेलाडी अक्सनमार्फत छानिने छन्। प्रत्येक मार्की खेलाडीले  २० लाख रुपैयाँ पाउने क्यानले बताएको छ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: