साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा (नामसहित)

दर्पण दैनिक २५ जेष्ठ २०८०,१७:४३
post

काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

जुन २१ देखि जुलाई ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालले जुन २१ मा कुवेतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा यसपटक कुवेत र लेबनान आमन्त्रित टिमको रुपमा सहभागी हुनेछन् ।

नेपालले च्याम्पियनसिपअघि तयारी स्वरुप फिलिपिन्सविरुद्ध एक मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । नेपाल र फिलिपिन्सबीचको खेल जुन १५ मा हुनेछ ।

नेपाली टिम :

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

रक्षक : विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा

मिडफिल्डर : पुजन उपरकोटी, एरिक बिष्ट, नविन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने

फरवार्ड : आयुश घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, विमल घर्तीमगर

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: