दीपेन्द्र, सन्दीप र रोहितले ग्लोबल टी–२० लिग खेल्ने

दर्पण दैनिक ९ असार २०८१,११:१६
post

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीले क्यानडाको ग्लोबल टी–२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ग्लोबल टी–२० खेल्ने भएका हुन् ।

दीपेन्द्र र सन्दीपले एउटै टिमबाट प्रतियोगिता खेल्नेछन् । दुवैजना भान्कोउभेर नाइट्सबाट प्रतियोगिता खेल्ने भएका हुन् । सन्दीप र दीपेन्द्रको टिममा पाकिस्तानका कप्तान बाबर आजम, मोहम्मद रिजवान र मोहम्मद आमिरलगायत खेलाडी आबद्ध छन् । 

रोहितले भने टोरोन्टो नेसनल्सबाट प्रतियोगिता खेल्ने छन् । रोहितले पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने भएका हुन् । सन्दीप र दीपेन्द्रले भने यसअघि पनि ग्लोबल टी–२० खेलेका थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: