भकान्जेमा वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

दर्पण दैनिक ७ कार्तिक २०८१,१२:१२
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिका ५ भकान्जेमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । सो भलिबल प्रतियोगिता चन्द्रज्योति माध्यमिक विद्यालय भकान्जेको आयोजनामा कार्तिक १५ र १६ गते हुने भएको हो ।

नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको छेको पारेर हुन लागेको भलिबल प्रतियोगिताका लागि कार्तिक एक गतेदेखि १४ गतेसम्म वडाका विभिन्न स्थानका खेलाडीहरुले अभ्यास खेल खेलिरहेका छन् । 

चन्द्रज्योति माध्यमिक विद्यालयको आयोजनामा हुने प्रतियोगितामा   समाजसेवी तथा मनकारी मनहरुले गरेको सहयोगबाट नै खेल संचालन गर्न लागिएको प्रधानध्यापक लाक्पा शेर्पाले दर्पण दैनिकलाई जानकारी दिए । त्यस्तै प्रधानध्यापक शेर्पाले पुरस्कर राशी भने टुंगो लागि नसकेको बताए ।

लिखुपिके गाउँपालिकाको वडा नम्बर पाँचमा खेलकुद क्षेत्रमा देखिएका समस्याहरु सुधार गर्नका लागि भलिबल खेल राखिएको उक्त भलिबल खेलका संयोजक दोर्जी तामाङले बताए । 

त्यस्तै संयोज तामाङले आयोजक चन्द्रज्योति माविबाट छात्रहरुको दुईदेखि तीन टिम र छात्राहरुको एक वा दुई टिमले प्रतियोगितामा भाग लिने दर्पण दैनिकलाई जानकारी गराए । 

उनका अनुसार यो प्रतियोगितामा उत्कृष्ट खेल प्रदशन गर्ने छात्र तथा छात्राहरुलाई छनोट गरेर छात्र र छात्राहरुको एकएक टिम निर्माण गरी आगामी मंसिरमा लिखुपिके गाउँपालिकामा हुने राष्ट्रपति रनिङ शिल प्रतियोगितामा प्रतिस्पर्धा गराइने छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: